Section 17
दर्ता किताबबाट नाम झिक्न र फेरि दर्ता गर्न आदेश दिने काउन्सिलको अधिकार

(१) देहायको अवस्थामा काउन्सिलले कुनै दर्तावाला चिकित्सकको नाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ :–

(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएकोमा, वा

(ख) पेशा सम्बन्धी कुनै खराब आचरणको दोषी हो भनी काउन्सिलको सदस्य संख्याको दुई तिहाई बहुमतले ठहयाएकोमा ।

(२) उपदफा (१) बमोजिम दर्ता किताबाट नाम हटाइएको व्यक्तिले काउन्सिललाई मनासिब माफिकको कारण देखाई आफ्नो नाम दर्ता किताबमा फेरि दर्ता गराउन दरखास्त गरेमा निजको नाम दर्ता गर्न मनासिब देखिए काउन्सिलको नियममा यस सम्बन्धमा तोकिए बमोजिमको दस्तुर बुझी निजको नाम दर्ता किताबमा दर्ता गरिदिनु भनी रजिष्ट्रारलाई निर्देश गर्न सक्नेछ र त्यसरी निर्देश भएमा रजिष्ट्रारले पनि सो बमोजिम दर्ता गरी सो कुराको प्रमाणपत्र दिनुपर्छ । तर यस ऐन बमोजिम दर्ता किताबबाट नाम हटाइएकोमा त्यसरी नाम हटाइएको कम्तीमा दुई वर्षको अवधि व्यतित नभई यस उपदफा बमोजिम पुन निजको नाम दर्ता गरिनेछैन ।